६ जेष्ठ २०८१, आइतबार

अध्यादेशमार्फत गम्भीर प्रकृतिका विषयहरुको निर्णय लिनु अनुपयुक्त हुन्छ : धनराज गुरुङ


धनराज गुरुङ् फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले अध्यादेशमार्फत गम्भीर प्रकृतिका विषयहरुको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुने तर्क गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा केही समयअघि लेख्दै गुरुङले प्रजातन्त्र भनेकै विधिको शासन भएकोले विधिको शासनको पक्षमा कांग्रेस सधैं उभिनुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘अध्यादेश मार्फत गम्भीर प्रकृतिका विषयहरुको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुन्छ। प्रजातन्त्र भनेकै विधिको शासन हो। विधिको शासनको पक्षमा कांग्रेस सधैं उभिनु पर्छ ।’

रेशम चौधरी, सिके राउत र नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता छुटाउन देउवा सरकारले ल्याएको अध्यादेशको सर्वत्र विरोध भएको छ । हिजो आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी फौजदारी संहिता २०७४ मा संशोधनका लागि अध्यादेश जारी गर्ने निर्णय गरेपछि सो निर्णयको सर्वत्र विरोध भएको हो ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने अडान लिएका छन् । सामाजिक संजाल ट्वीटरमा आज दिउँसो लेख्दै महामन्त्री थापाले पार्टीभित्र अध्यादेश ल्याउने बारेमा कुनै छलफल र निर्णय पनि नभएको स्पष्ट पारेका छन् ।

पार्टी सभापति देउवा नेतृत्वको सरकारले उक्त निर्णय गरेपछि स्वंय कांग्रेसकै महामन्त्री विश्वप्रकाश शर्माले विरोध गरेका छन् । शर्माले आज सोमबार बिहान सामाजिक संजालमार्फत् आफ्नो असहमति जनाएका हुन् ।

यस्तै काँग्रेसका नेता डा. शेखर कोइरालाले आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट कसैलाई पनि नभएको स्पष्ट पारेका छन् । नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्न आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट नभएको भनेर अप्रत्यक्ष रुपमा संकेत गरेका हुन् ।

यसरी आफ्नै पार्टीका दुई महामन्त्रीहरु थापा र शर्मा लगायत अन्य शीर्ष नेताले अध्यादेशको विरोध गरेपछि देउवालाई अध्यादेश फिर्ता लिने दवाव बढेको छ । यद्यपि देउवा सरकारले ल्याएको विवादित अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ ।

यो पनि पढ्नुहोस्

सरकारले ल्याएको विवादित अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो

अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर अध्यादेश ल्याइएको हो : सञ्चारमन्त्री कार्की

आफू अनुकुलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउँने छुट देउवालाई छैन : शेखर कोइराला

देउवा सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ : गगन थापा

रेशम, सीके र विप्लवका कार्यकर्ता छुटाउन सरकारले ल्याएको अध्यादेशको सर्वत्र विरोध


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !