६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता


सर्वदलीय बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।

आज बिहान भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । निर्वाचनमा गठबन्धन गरेको माओवादीले सोचे अनुसारको परिणाम नआएर भित्री रुपमा माओवादी असन्तुष्ट रहेको छ ।

निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम परिणाम आउन लाग्दा सत्ता साझेदार दलहरु नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी दिनमा सत्ता सहकार्यका हुन सक्ने वा नसक्ने भन्ने बारेमा अझसम्म दुविधा उत्पन्न भएको छ ।

यता एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतका तीता अनुभवलाई भुलेर अघि बढ्न प्रचण्डलाई फोनमार्फत आग्रह गरिसकेका छन् । ओलीले प्रचण्डलाई चुनावी परिणामलाई लिएर गम्भीर समीक्षा गर्नुपर्नेमा आग्रह गरेको थिए ।

बिहीबार मात्र ओलीले प्रचण्डलाई टेलिफोन गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा जितको बधाई साटासाट गर्नुका साथै सम्भावित सहकार्यबारे जिज्ञासा राखेका थिए ।

चुनावमा विजय भएपछि बधाई दिनका लागि एमाले अध्यक्ष ओलीले आज बिहीबार दिउँसो टेलिफोन गर्दै उनले विगतको पुरानो तिक्तता बिर्सेर भविष्यमा मिलेर अगाडि बढ्न आग्रह गरेका सहकार्यबारे कुरा गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रचण्डलाई ओलीको फोन : बधाई साटासाट र सहकार्यबारे कुराकानी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !