९ जेष्ठ २०८१, बुधबार

देउवाले मलाई ५० पटक गिरफ्तार गरे, १२२ जनाको हत्या गरे : ओली


केपी शर्मा ओली

दैलेख । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बिगतमा गृहमन्त्री हुँदा आफू कम्तीमा ५० पटक गिरफ्तार हुनुका साथै १२२ जना मान्छेको हत्या गरेको आरोप लगाएका छन् ।

आज आइतवार दैलेखमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देउवा गृहमन्त्री हुँदा आफू ५० पटक गिरफ्तार भएको तथा गृहमन्त्री र प्रधानमन्त्री हुँदा शान्तिपूर्ण ढंगले बसेका १२२ जना सर्वसाधारण मान्छेको गोली हानेर हत्या गरेको आरोप लगाएका हुन् ।

ओलीले देउवालाई पाँच पटक प्रधानमन्त्री हुँदा देशको लागि एउटा महत्वपूर्ण काम के चाहिँ गर्नु भयो ? भनेर प्रश्नसमेत गरेका छन् । ओलीले देउवाले गरेका काम गृहमन्त्री हुँदा र प्रधानमन्त्री हुँदा एमालेका २० हजार कार्यकर्तालाई सार्वजनिक अपराधको मुद्दा लगाएको पनि आरोप लगाए ।

उनले बिगतमा देउवा गृहमन्त्री र प्रधानमन्त्री हुँदा देउवाको पालामा बसेका, साइकलमा हिँडेका र शान्तिपूर्ण कार्यक्रम गर्दा मारिएको पनि बताए । यसरी ओलीले देउवा गृहमन्त्री हुँदा मान्छेहरू मारेको आरोप लगाएका हुन् ।

ओलीले एमालेले देशको स्वाधीन अर्थतन्त्रका लागि बनेको पार्टी एमाले भएको दावी समेत गरेका छन् । एमाले जनताका नाममा आतङ्क मच्चाउने पार्टी नभई देशमा विकास र समृद्धि ल्याउने पार्टी भएको समेत जिकिर गरे । उनले आफ्नो पार्टी एमालले नै सबै काम गरेको दाबी गर्न भ्याए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !