१३ बैशाख २०८१, बिहिबार

‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालको संख्या बढेपछि नेकपा विभाजित भयो : अध्यक्ष ओली


केपी शर्मा ओली धरानमा

धरान । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘ठाडो घाँटी लगाएर हुँ हुँ’ गर्ने स्यालहरूको संख्या बढेपछि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित हुन पुगेको खुलासा गरेका छन् ।

आज धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एउटा स्याल कराएपछि अर्को स्याल नकराई नहुने उल्लेख गर्दै स्यालहरूको जमातले एमालेलाई नै कब्जा गर्न लागेको समेत बताए । उनले भने, ‘एउटा स्याल कराएपछि अर्को स्याल नकराई नहुने । स्यालहरूको जमातले एमालेलाई नै कब्जा खोजे ।’

आफ्नो अगुवाइमा वामपन्थी आन्दोलन एकीकृत गर्ने काम भएको पनि बताए । आफ्नो नेतृत्वमा २०७४ मा वामपन्थी एकता गरेको भएपनि विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन लागेकाले कारण एकता टिक्न नसकेको ओलीको ठम्म्याई रहेको छ ।

अध्यक्ष ओलीले विदेशीका लागि कम्फर्टेबल सरकार बनाउन लागेकाले कारण एकता टिक्न नसकेको बताए । ओलीले हेदौहेर्दै आफूलाई सडकबाटै साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको उल्लेख गरे ।

ओलीले एमालेलाई सिध्याउन खोज्नेहरू अब आफै सकिने बताएका छन् । उनले एमालेलाई सिद्धाउने षडयन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिध्याउन खोज्नेहरू अब आफैं सकिने बताए । देश विकासका सन्दर्भमा गठबन्धनलाई बोकेको कांग्रेसलाई एक्लै चुनाव लड्न आउन चुनौति समेत दिए ।

ओलीले एक्लै चुनाव लडे एमालेले सिध्याउँछ भन्ने कांग्रेसलाई राम्ररी थाहा भएको तर्क गरे । कांग्रेसले समाजवादको कुरा गरेपनि समाजवाद भन्ने नै थाहा नपाएको भन्दै उनले अहिले ढोडको वैशाखी टेकेर हिँडेको समेत बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !