२२ बैशाख २०८१, शनिबार

ओलीले कात्तिक १८ गतेदेखि देशव्यापी चुनावी सभालाई सम्बोधन सुरु गर्ने


केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी कात्तिक १८ गतेदेखि चुनावी सभालाई सम्बोधन सुरु गर्ने भएका छन्

एमाले अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको जिल्ला दार्चुलाबाट कात्तिक १८ गतेदेखि अध्यक्ष ओलीले चुनावी आमसभामा सम्बोधन गर्ने भएका हुन् ।

निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । आयोगले मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो ।

आयोगले कात्तिक १७ देखि मात्रै जुलुस, आमसभा, कोणसभा गर्न स्वीकृति दिएकोले एमालेले सोहीअनुसार योजना बनाएर चुनावी सभा गर्ने योजना बनाएको हो । अध्यक्ष ओलीले कात्तिक १८ गतेदेखि निर्वाचनको शून्य समयअघिसम्म ४१ जिल्लाका ५५ बढी आमसभालाई सम्बोधन गर्ने भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !