काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भाइटीका लगाएका छन् । उनले आफ्नी बहिनी पार्वती भट्टराईका हातबाट भाइटीका लगाएका हुन् ।
भट्टराईले भाइटीका लगाएपछिका तस्बिर सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै अध्यक्ष भट्टराईले भाइटीकाले संयुक्त परिवारमा उल्लासमयमा टीका ग्रहण गरेको बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘संयुक्त परिवारमा उल्लासमय भाइटीका ! बहिनी पार्वती भट्टराईबाट मैले र भाइले टीकाग्रहण ! मानुषी, प्रेरणा र अस्मिताद्वारा दाजु र भाइहरू प्रेरित,अनुप र संकल्पलाई भाइटीका !’
तस्वीर सौजन्य : डा. बाबुराम भट्टराईको फेसबुकबाट
यो पनि पढ्नुहोस्
एमाले अध्यक्ष ओलीले लगाए बहिनीहरुको हातबाट भाइटीका