८ जेष्ठ २०८१, मंगलबार

प्रधानमन्त्री देउवाद्वारा मैयादेवी श्रेष्ठको निधनप्रति दुःख व्यक्त


शेरबहादुर देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले समाजसेवी एवं वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसकी नेतृ, पूर्व सांसद तथा समाजसेवी श्रेष्ठको निधनको खवरले आफू स्तब्ध भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाको दिवंगत श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । पूर्व सांसद समेत रहेकी समाजसेवी श्रेष्ठको ९५ वर्षको उमेरमा गएराति १:१० बजे निधन भएको थियो ।

श्रेष्ठको गएराति उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी यही कात्तिक ४ गतेदेखि उक्त अस्पतालमा उपचाररत थिइन् । गत असोज २५ गतेदेखि उनी निमोनिया भएपछि अस्वस्थ भएकी थिइन् । उनलाई पछिल्लो समय श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।

उनी २०४८ सालमा गोरखावाट निर्वाचित भएर सांसद बनेकी थिइन् भने पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद भएर काम गरेकी थिइन् । पूर्वसांसद श्रेष्ठ चितवनको मैयादेवी कन्या क्याम्पसको संरक्षक थिइन्

धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति एक अर्ब भन्दा माथिको रहेको छ । उनलाई नेपाल आमा सम्मानबाट सम्मानित गरिएको थियो । उनी अविवाहित थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !