काठमाडौँ । सर्वोच्च अदालतले सत्ता गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्वर २ का उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको मुद्दा खारेज गरेको छ । सर्वोच्चले उनको मुद्दा खारेज गर्नुका साथै गुरुङ अव उम्मेदवार हुन नपाउने आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीशहरु कुमार रेग्मी र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले गुरुङ उम्मेदवारी कायम गरिपाउ भनी माग गर्दै दायर गरेको रिट खारेज गरेको हो । नेकपा (एमाले) का विष्णु पौडेलविरुद्ध गुरुङले उम्मेदवारी दिएका थिए ।
गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उम्मेदवारी खारेज गरिदिएको थियो । यस्तै गुरुङको उम्मेदवारी, फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधारमा बदर गरिएपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए ।
यसअघि सर्वोच्चले गठबन्धन उम्मेदवार गुरुङको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उम्मेदवारी खारेज नगर्न आदेश दिएको थियो । सर्वोच्चले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
यस्तो छ हेर्नुहोस् सर्वोच्च अदालतले दिएको आदेश