४ असार २०८१, मंगलबार

अध्यक्ष नेपाललाई आयोगले काटेको पत्र नेकपा एसले बुझ्न मानेन्


माधव नेपाल

काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्ना अध्यक्ष माधव कुमार नेपाललाई निर्वाचन आयोगले सोधेको स्पष्टीकरण पत्र बुझ्न अस्वीकार गरेको छ । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा अध्यक्ष नेपाललाई आज स्पष्टीकरण सोधेको थियो ।

रौतहट क्षेत्र नम्वर१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाललाई आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । अध्यक्ष नेपाललाई ‘फ्रि भिसा र फ्रि टिकट’को आश्वासन दिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो ।

अध्यक्ष नेपालले रौतहट जिल्लामा आयोजित कार्यक्रममा आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारी अवसर दिने आश्वासन बाँडेको विषयमा समाचार सार्वजनिक भएको थियो ।

“बिना ढेउवा के भिसा मिल्ते हेँ, टिकट मिल्ते हेँ, काठमाडौँमे तालिम मिल्ते हेँ” भनी सार्वजनिक अभिव्यक्ति दिएको श्रव्यदृष्य सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

आयोगले उक्त सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा नेता नेपालको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकाले स्पष्टीकरण सोधेको थियो । यस्तै अध्यक्ष नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगले पत्र पनि काटेको हो ।

यो पनि पढ्नुहोस्

अध्यक्ष नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगको पत्र

‘फ्रि भिसा र फ्रि टिकट’को आश्वासन दिएकोमा माधव नेपाललाई आयोगको स्पष्टीकरण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु