१४ जेष्ठ २०८१, सोमबार

भाेट माग्न सत्ता गठबन्धनको बैठकले संयुक्त अपिल जारी गर्ने


गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनले आज संयुक्त अपिल जारी गर्ने भएको छ । केही समयपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गठबन्धनको बैठकले आजै संयुक्त अपिल जारी गर्ने भएको हो ।

साता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको बैठकले संयुक्त अपिल जारी गर्ने बताएका हुन् । काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो जानकारी दिएका हुन् ।

अध्यक्ष प्रचण्डका अनुसार आम जनतालाई गठबन्धनले गर्ने संयुक्त अपिलको मुख्य नारा ‘संविधानको रक्षा स्थिरता र संमृद्धिका लागि गठबन्धन’ हुने पनि उनले बताए ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनलाई मतदानका लागि संयुक्त रुपमा अपिल जारी गर्न लागेको हो । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !