५ जेष्ठ २०८१, शनिबार

सञ्‍चारमन्त्री कार्कीले पाए कानुन मन्त्रालयको पनि जिम्मेवारी


ज्ञानेन्द्र बहादुर कार्की

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले आज बेलुकी एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ७८ बमोजिम २०७८ चैत २४ गते कानून न्याय तथा संसदीय मामिला मन्त्री पदमा नियुक्त गोविन्दप्रसाद शर्मा (कोइराला) को नेपालको संविधानको सोही धारा बमोजिम संघीय संसदको सदस्यता प्राप्त गर्न नसकी निजको पदावधि सकिएकोले प्रधानमन्त्री देउवाको सिफारिसमा निजले सम्हाली आएको सो मन्त्रालयको कार्यभार सञ्‍चारमन्त्री कार्कीले सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाद्वारा जसपाका चार मन्त्रीहरु बर्खास्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !