१९ बैशाख २०८१, बुधबार

पत्रकार सम्मेलनमा भीम रावलले भने- एमालेभित्रै रहेर संघर्ष गर्छु, पार्टी छाड्दिन्


भीम रावल फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) नेता भीम रावलले आफूले एमालेभित्रै रहेर संघर्ष गरेर बस्ने तर पार्टी नछाड्ने स्पष्ट पारेका छन् । एमालेबाट आगामी निर्वाचनमा टिकट नपाएका रावलले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमाले नछाड्ने घोषणा गरेका हुन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि रुष्ट बनेका रावलले कतै एमाले त छोड्ने होइनन् भन्ने आशंका बढेका बेला रावलले पार्टी नछाड्ने बताएका हुन् । उनले पार्टीभित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने समेत बताए ।

उनले पार्टी कसैको निजी वा निजी स्वार्थ पूर्ति गर्ने माध्यम नभएको बताउदै घोषित सिद्धान्त र कार्यक्रमको रक्षा नगरी पाटीको रक्षा हुन नसक्ने उनको भनाइ रहेको छ ।

उनले आफूले टिकट नपाएपनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने समेत बताए । उनले आफूलाई हराउन नसकिने जानकारी पाएपछि उम्मेदवार हुनबाट रोकिएको खुलासा गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !