१९ बैशाख २०८१, बुधबार

बालुवाटारमा कांग्रेस र लोसपाका नेताहरुबीच छलफल


कांग्रेस र लोसपा

काठमाडौँ । आगामी निर्वाचनमा सिट बाँडफाँटको विषयमा सहमति जुटाउन नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निरन्तर छलफलमा जुटिरहेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सिट बाँडफाँटको विषय टुङ्ग्याउने गरी नेताहरु सकारात्मक प्रयासमा रहेको लोसपाका नेता केशव झाले जानकारी दिए । उनले भने, “उहाँ (नेताहरु) सात घण्टादेखि निरन्तर छलफलमै हुनुहुन्छ । सिट बाँडफाँटको टुङ्गो लगाएर मात्रै फर्किनुहुन्छ ।”

सत्ता गठबन्धनको सहयात्री दल जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोसपा गठबन्धनमा सहभागी भएको छ । छलफलमा कांग्रेसकातर्फबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सहभागी छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु शरत्सिंह भण्डारी, अनिल झा, जितेन्द्र सोनाललगायत सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !