१५ जेष्ठ २०८१, मंगलबार

भागबण्डा मिलाउन गठबन्धनको निर्णायक बैठक आज बस्दै


गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । सिट बाँडफाँडको भागबण्डा मिलाउन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ११ बजे गठबन्धनको बैठक बस्ने भएको हो ।

हिजो सोमबार बसेको बैठक निष्कर्षविहीन भएपछि आज पुनः बैठक बस्न लागेको हो । गठबन्धनका नेताहरुले आजको बैठकलाई निर्णायक हुने दाबी गरेकोले सिट बाँडफाँडको भागबण्डा टुंगिने प्रवल सम्भावना रहेको छ ।

आज बिहान सुरुमा दलहरु आन्तरिक छलफलमा जुटेर गठबन्धनको बैठक बस्ने बताइएको छ । बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिने तयारी गरिएको हो ।

प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको प्रतिवेदन कार्यदलले दिएको र सोकै आधारमा प्रदेशसभातर्फको पनि अन्तिम रूप पाउने कार्यदलका एक सदस्यले बताएका छन् ।

सिट बाँडफाँटका लागि गठबन्धनले ११ सदस्यीय कार्यदल गठन गरेको असोज २० गते दुई महिना पुग्दै छ । तर दुई महिना भईसक्दा पनि गठबन्धनका दलहरुले आफ्नो अडान नछोड्दा भागबण्डा टुंगो लाग्न सकस देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !