८ बैशाख २०८१, शनिबार

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् सरकारलाई स्वीकृति


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट्रपति भण्डारीले आगामी ४ मंसिर गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएकी हुन् ।

‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा भएको व्यवस्था अनुसार सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसको आधारमा मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवाको पत्रको आधारमा राष्ट्रपति भण्डारीले सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ हेर्नुस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

सेना परिचालन गर्न स्वीकृति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !