१३ बैशाख २०८१, बिहिबार

हरिकृष्ण कार्की बने सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीश


हरिकृष्ण कार्की

काठमाडौँ । वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीश बनेका छन् । वरिष्ठतम् न्यायाधीश कार्की आज मंगलबारदेखि सर्वोच्चको कामु प्रधानन्यायाधीश बनेका हुन् ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि आज मंगलबार भारत गएपछि हरिकृष्ण कामु प्रधानन्यायाधीश बनेका हुन् । आगामी असोज १६ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने भएपछि हरिकृष्णले कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको नेतृत्व सम्हाल्नेछन् ।

दीपकले गत फागुन ११ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका थिए । लगभग साढे ७ महिना सर्वोच्चको नेतृत्व सम्हालेका कार्की उमेर हदका कारण अनिवार्य अवकाश हुने भएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लागेर निलम्बनमा परेसँगै कार्कीले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधिशका रूपमा कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएका थिए ।

आज दीपक कार्कीको बिदाइसँगै वरिष्ठतम न्यायाधीशका हैसियतले सर्वोच्च अदालतको नेतृत्व हरिकृष्ण कार्कीले सम्हाल्ने भएका छन् । उनी पनि कायममुकायम प्रधानन्यायाधीश नै रहनेछन् ।

आगामी मंसिर २७ गतेदेखि प्रधानन्यायाधीश बन्ने हरिकृष्णले झण्डै एक वर्ष सर्वोच्चको नेतृत्व गर्ने छन् । उनले २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

प्रधानन्यायाधीश जबरालाई संसदीय सुनुवाई समितिले महाअभियोग लगाउन सिफारिस गरेपनि संसदले पास नगरिसकेकोले कायम मुकायम प्रधानन्यायाधीश भएर कार्कीले अब २ महिना चलाउनेछन् ।

चोलेन्द्रको कार्यकाल आगामी मंसिर २७ पछि ६५ वर्षे उमेर हदका कारण उनी अनिवार्य अवकाशमा गएपछि भने बल्ल हरिकृष्णले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।

कार्कीले आगामी मंसिर २७ गतेदेखि वि.सं.२०८० भदौसम्म प्रधानन्यायाधीश बन्नेछन् । वि.सं. २०१५ भदौ २५ गते जन्मिएका कार्कीले ९ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । कार्की २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

ओखलढुंगा स्थायी घर भएका कार्की २०६८ असोजमा केपी शर्मा ओली नेतृत्वको सरकारमा महान्यायाधिवक्ताका रुपमा काम गरेका थिए । २०७० सालदेखि २०७२ सालसम्म नेपाल बार एसोसीयसनको अध्यक्ष समेत भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !