७ बैशाख २०८१, शुक्रबार

विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त


प्रकाशचन्द्र परियार

काठमाडौँ । विवेकशील साझा पार्टीको नयाँ प्रवक्तामा प्रकाशचन्द्र परियार नियुक्त भएका छन् । पार्टीको संस्थापक नेता समेत रहेका नवनियुक्त प्रवक्ता परियार पार्टीको संचार तथा सूचना प्रविधि विभाग प्रमुख हुन् ।

नेता परियारलाई विधानको भाग १२ को दफा ७२ (४)६ र ७२ (४) ७ बमोजिम प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष समिक्षा बास्कोटाले बताइन् । पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका छन् ।

परियार सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा समेत कृयाशील छन्। एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका परियारले आमसंचारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियावाट नेतृत्व विकासको तालिम लिएका छन् ।

परियार परोपकार र पत्रकारिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार विजेता पनि हुन् । सामाजिक रूपान्तरण र समृद्धिका लागि असल मानिसहरू राजनीतिमा नहोमिएसम्म मुलुकको मुहार फेर्न नसकिने मान्यता राख्ने परियारले भ्रष्टाचार विरोधी, इमानदार र मिलनसार युवा नेताको छवि बनाएका छन् । नेता परियार सुनसरी ईटहरीका स्थायी वासिन्दा हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !