४ बैशाख २०८१, मंगलबार

अन्तत: नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश


सर्वेन्द्र खनाल

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गरेका छन् । ललितपुरस्थित च्यासलस्थित एमालेको मुख्यालयमा आयोजित कार्यक्रममा उनलाई आज अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

३० वर्ष नेपाल प्रहरीको सेवाबाट अवकाश भएको केही वर्षपछि पूर्वआइजीपी खनाललाई एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका शीर्ष नेताहरले स्वागत गरेका छन् ।

खनालले अध्यक्ष ओलीलाई हिजो बुधबार बालकोटमा भेटेका थिए । भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएको स्रोतले बताएको छ ।

खनाल काठमाडौं वा तनहुँबाट चुनाव लड्नगरी एमालेमा प्रवेश गर्न लागेका हुन् । उनलाई यसअघि पनि एमाले नजिक रहँदै आएको आरोप लाग्दै आएको थियो । ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी भएका थिए ।

तत्कालिन ओली सरकारले सर्वेन्द्र खनाललाई आइजीपीमा बढुवा गरेपछि असन्तुष्ट रहेका तत्कालिन प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले राजीनामा दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !