२१ बैशाख २०८१, शुक्रबार

प्रत्यक्षतर्फको सिट बाँडफाँट टुंग्याउन गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी रहेको हो ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट टुंग्याउन गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

प्रशंमंत्री समेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेस नेता रामचन्द्र पौडेल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु छलफलमा सहभागी रहेको बताइएको छ ।

हिजो सोमबार समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका गठबन्धन दलका नेताहरु प्रत्यक्षतर्फको भागबण्डा टुंगो लगाउन छलफललाई तीव्र दिएका हुन् । गठबन्धनले आगामी निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन ११ सदस्यीय कार्यदल गठन गरेको छ ।

११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला रहेका छन् । उक्त कार्यदललमा कांग्रेसबाट सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री कार्की, कांग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !