९ जेष्ठ २०८१, बुधबार

प्रतिनिधिसभाको आजको बैठक सुरु, बिमा विधेयक पेस हुँदै


संसद बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा केही समयअघि प्रतिनिधिसभाको बैठक सुरु भएको हो ।

संघीय संसद सचिवालयका अनुसार आजको प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभामा उत्पति भएका ३ वटा विधेयक राष्ट्रिय सभाबाट प्राप्त सन्देश टुबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालय जनाएको छ । यसका साथै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८ पेश गर्ने कार्यसूची छ ।

यस्तो छ हेर्नुहोस् आजको प्रतिनिधिसभा बैठकको कार्यसूची

प्रतिनिधिसभा बैठकको कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !