४ जेष्ठ २०८१, शुक्रबार

माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ सभामुख लीबीच भेटवार्ता


प्रचण्ड र ली झान्सु

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष एवं सभामुख ली झान्सुबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल र चिनियाँ सभामुख ली झान्सुबीच भेटवार्ता भएको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको जनाइएको छ । भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्लको सहभागिता थियो ।

यसअघि लीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता गरेका थिए ।

आजै केही समय संसद भवनमा अरु सांसदहरुसँग कुरा गर्नेछन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग अध्यक्ष लीले आज अपराह्न शिष्टाचार भेटवार्ता गर्नेछन् । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि अध्यक्ष लीको आज भेटवार्ता हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !