२३ बैशाख २०८१, आइतबार

महाअभियोग सिफारिस समितिको बैठक बस्दै, जबराले आज बयान दिँदै


चोलेन्द्रशमशेर जबरा

काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ । महाअभियोग सिफारिस समितिको आज बिहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग अन्तिम बयान लिने तयारी गरेको हो ।

समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बस्न लागेको हो । समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न सोध्न तयार गरेकोमा अहिलेसम्म ३५ वटा प्रश्नको बयान लिएकोले अव ८ वटा प्रश्न बाँकी रहेका छन् ।

जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्, सहकर्मी न्यायाधीशमाथि नै प्रश्न उठाउँदै आएका छन् । बयानका क्रममा जबराले महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भइसकेको दावी गर्दै आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गर्दै आएका छन् ।

११ सदस्यीय महाभियोग सिफारिस समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !