७ बैशाख २०८१, शुक्रबार

वर्षमान पुनलाई फेरि कोरोना संक्रमण पुष्टि


वर्षमान पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । आज आइतबार गरिएको पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको उनको सचिवालय स्रोतले जानकारी दिएको हो ।

पुनलाई ज्वरो आउने र शरिर दुख्ने लक्षण देखिएको छ । उनी घरमै आराम गरिरहेका छन् । पुनलाई यसअघि पनि कोरोना पुष्टि भएको थियो । पुन जटिल प्रकृतिको जण्डिसले सताएका कारण बिदेशमा उपचार गरेर सन्चो भएका थिए । उनको स्वास्थ्यमा पटक-पटक समस्या आइरहन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !