२२ बैशाख २०८१, शनिबार

गठबन्धनमा सिट बाँडफाट आज पनि टुंगिएन, भोलि पुन: बैठक बस्ने


सत्ता गठबन्धनको बैठक

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको आज बसेको बैठकले सहमति जुटाउन असफल भएपछि भोलि सोमबार बिहान ८ बजे बस्ने गरी सकिएको हो ।

हिजो शनिबारको बसेको बैठक निष्कर्षविहीन टुंगिएको थियो । आजको बैठकमा सिट बाँडफाँटलालाई टुंगोमा पुर्याउने गरी निर्णायक छलफल हुने बताइएपनि सोमबार बस्ने शीर्ष नेताहरूको बैठकबाट सिट बाँडफाँटका विषयमा सहमति जुटाउने प्रयास गरिने बताइएको छ ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालका अनुसार सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको उनले दावी गरे । बैठकमा कार्यदलले बुझाइको प्रतिवेदनमाथि छलफल भएको र सिट बाँडफाँटमा नमिलेका विषयमाथि सहमति खोज्ने प्रयास भएको उनले बताए ।

कार्यदलले केही कुरा मिलाएको र धेरै विषय मिलाउन बाँकी रहेको उनको भनाइ छ । खनालले सोमबार बैठक बसेर अधिकांश विषय टुङ्गो लगााउने जानकारी दिए ।

आसन्न निर्वाचनमा गठबन्धनले तालमेल गरेर जाने निर्णय गरिसकेपनि सिट बाँडफाँटको भने अझसम्म टुंगो लाग्न सकेको छैन । गठबन्धनमा आगामी निर्वाचनमा कुन दलले कति सिट पाउने भन्ने विषयमा अझै पनि सकस देखिएको छ ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा सहमति जुट्न सकेको छैन । सिट बाँडफाँटमा महिनौंसम्म सहमति जुटाउन नसके पनि नेताहरुले गठबन्धन नटुट्ने जिकिर गर्दै आएका छन् ।

गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलले बिहीबार प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा सिट संख्या टुंगो नलागेकोले शीर्ष नेताहरूको भोलि बस्ने बैठकले सिट संख्या टुंगो लगाइने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !