२१ बैशाख २०८१, शुक्रबार

समग्रमा नेपालको १५ बर्षको सपना कोरौं : महामन्त्री शर्मा


विश्वप्रकाश शर्मा फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समग्रमा नेपालको १५ बर्षको सपना कोर्नुपर्ने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै महामन्त्री शर्माले नेपालको विकासको १५ बर्षको सपना कोर्नुपर्ने बताएका हुन् ।

नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्तीको अवसरमा वीपीप्रति श्रद्धा सुमन व्यक्त गर्दै उनले यस्तो सपना सेयर गरेका हुन् ।

उनले आफूले महामन्त्री पदको उम्मेदवारी घोषणा गरेर पोहोर साल आजकै दिन सुन्दरीजलमा उनले रोपेको रुद्राक्षको वृक्ष अग्लो भइसकेको पनि बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !