७ बैशाख २०८१, शुक्रबार

शेखरको अडान : कांग्रेसले १०० सिट लिन पहल गर्नुपर्छ


डा. शेखर कोइराला

महेन्द्रनगर, धनुषा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने अडान लिएका छन् ।

बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी नेपाली कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताए ।

नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधिसभाको सिट बाँडफाँट भइसकेपछि प्रदेशसभाको सिट बाँडफाँटमा कुराकानी हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !