८ बैशाख २०८१, शनिबार

राष्ट्रियसभामा चारवटै समितिका सभापति सर्वसम्मत चयन


राष्ट्रियसभामा चारवटै समितिका सभापति

काठमाडौँ । राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति पदका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । सबै समितिमा एक एक जनाको मात्र उम्मेदवारी परेका कारण सबै सर्वसम्मत भएका छन् ।

संसद् सचिवालयका अनुसार भोलि बिहीबार बस्ने समितिको बैठकमा सभापतिको घोषणा गरिने भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम ९१० बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि चारजना सांसदहरूको उम्मेदवारी परेको थियो ।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा महेश कुमार महरा र समर्थकमा जगप्रसाद शर्मा रहेका छन् ।

त्यस्तै, विधायन व्यवस्थापन समितिमा बेदुराम भुषालले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा अनिता देवकोटा र समर्थकमा देवेन्द्र दाहाल रहेका छन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्माले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा कुमारी शाह र समर्थकमा युवराज शर्मा रहेका छन् ।

त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पुनः दिलकुमारी रावलले उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावकमा गोपीबहादुर सार्की अछामी र समर्थकमा दुर्गा गुरुङ रहेका राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

चार समितिमध्ये विधायन नेकपा (एकीकृत समाजवादी), दिगो विकास काँग्रेस, प्रत्यायोजित व्यवस्थापन माओवादी केन्द्र र राष्ट्रिय सरोकार समिति नेकपा (एमाले) ले लिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !