१२ बैशाख २०८१, बुधबार

मन्त्रीलाई लाइन बस्न लगाएको आरोपमा पक्राउ परेका सुरक्षा गार्डलाई पाँच दिन हिरासत राखिने


कारागार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइन बस्न लगाएको आरोपमा पक्राउ परेका सुरक्षा गार्डलाई पाँच दिन हिरासत राखिने भएको छ ।

पर्यटनमन्त्री श्रेष्ठलाई लाइन बस्न लगाउन खोजेर ‘अभद्र व्यवहार’ गरेको कसुरमा पक्राउ परेका सुरक्षागार्ड शेखरजङ गुरुङलाई प्रहरीले पाँच दिन हिरासत राखेर अनुसन्धान गर्ने भएको हो ।

अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको इजलासले म्याद दिएको हो । मन्त्री श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा भिसा आवेदनका लागि गएको बेला बायोमेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई ती सुरक्षागार्ड गुरुङले लाइनमा बस्न लगाएका थिए ।

मन्त्रीको सचिवालयका अनुसार मन्त्री श्रेष्ठ पहि लेनै खबर गरेर छाँया सेन्टर पुगेका थिए । मन्त्री हुनुहुन्छ भन्दाभन्दै पनि गुरुङले जो भएपनि लाइनमा बस्नुपर्छ भनेपछि विवाद उत्पन्न भएपछि उनलाई पक्राउ गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !