८ बैशाख २०८१, शनिबार

इलाम-२ बाट सुवास नेम्बाङ सर्वसम्मत उम्मेदवार सिफारिस


सुवास नेम्वाङ

इलाम । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको लागि सर्वसम्मत रुपमा सिफारिस भएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको २ नम्बर क्षेत्रीय कमिटीले इलाम क्षेत्र २ बाट नेम्बाङलाई एकल उम्मेदवारको रुपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

एमालेको तर्फाबाट अन्य कसैको पनि नाम सिफारिस नभएकाले इलाम क्षेत्र २ मा नेम्बाङको उम्मेदवारी निश्चित भएको छ । नेम्बाङ २०५६ सालदेखि सबै संसदीय र संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निरन्तर रुपमा विजयी हुँदै आएका छन् ।

पूर्वसभामुख समेत रहेका नेम्बाङ सोही क्षेत्रबाट लगातार चुनाव जित्दै आएका छन् । उनले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका केशव थापालाई पराजित गरेका थिए ।

उनले २०७० सालको संविधानसभा निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका भेषराज आचार्यलाई पराजित गरे । २०६४ सालमा नेम्बाङले कांग्रेसका केशव थापा र २०५६ मा कांग्रेसकै कुलबहादुर गुरुङलाई पराजित गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !