१३ बैशाख २०८१, बिहिबार

चोलेन्द्रको प्रतिप्रश्न- महाभियोग एमालेले ल्याउनुपर्थ्यो, गठबन्धनले किन ल्यायो ?


चोलेन्द्रशमशेर जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग प्रस्ताव ल्याउने नै भए प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ल्याउनुपर्थ्यो तर गठबन्धनले किन ल्यायो ? भनेर प्रतिप्रश्न गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिसमक्ष बयान दिने क्रममा जबराले एमालेले ल्याउनुपर्ने महाभियोग प्रस्ताव गठबन्धनले ल्याएको भन्दै प्रश्न गरेका हुन् ।

उनले आफूमाथि लगाइएको महाभियोगप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका हुन् । उनले आफूलाई मात्रै नभएर महाभियोग लगाउने भए सर्वोच्च अदालतमा बहालवाला अन्य पाँच न्यायाधीशमाथि पनि महाभियोग लगाउनुपर्ने जिकिर गरेका छन् ।

जबराले आफू पछाडिको व्यक्ति दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अस्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको पनि दावी गरेका छन् । उनले आफू संसदको सम्मानका लागि बयानका लागि महाअभियोग सिफारिस समितिमा आएको पनि स्पष्ट पारेका छन् ।

यो पनि पढ्नुहोस्

चोलेन्द्रको जिकिर : कार्कीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गर्दा महाअभियोग ल्याइयो

चोलेन्द्रको दावी : महाअभियोग स्वत: निष्क्रिय भइसक्यो, संसदको सम्मानका लागि आएको हुँ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !