१२ बैशाख २०८१, बुधबार

चोलेन्द्रको दावी : महाअभियोग स्वत: निष्क्रिय भइसक्यो, संसदको सम्मानका लागि आएको हुँ


चोलेन्द्रशमशेर जबरा फाइल फोटो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग प्रस्ताव स्वत: निष्क्रिय भइसकेको दावी गर्दै संसदको सम्मानका लागि मात्र बयान दिन आएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिसमक्ष बयान दिने क्रममा जबराले संविधान र प्रतिनिधिसभा नियमावली अनुसार महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको जिकिर गरेका हुन् ।

जबराले आफू पछाडिको व्यक्ति दिपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अस्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको जिकिर गरेका छन् ।

यद्यपि उनले उक्त प्रस्ताव कसले ल्यायो भन्ने संकेत गरेपनि राजनीतिक पार्टी र मिडियाको दबाबमा आफूले काम नगर्ने स्पष्ट पारे । उनले कार्कीलाई प्रधानन्यायाधीश बनाउनको लागि नै आफूमाथि महाअभियोग लगाइएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !