२० बैशाख २०८१, बिहिबार

प्रचण्डको दावी : वैवाहिक अंगीकृतमा ७ वर्षे प्रावधान राख्ने प्रस्ताव मेरै हो


प्रचण्ड एयरपोर्टमा फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव आफ्नो भएको दाबी गरेका छन् ।

आज सोमबार राजधानीमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव आफ्नो भएको दाबी गरेका हुन् ।

राज्यव्यवस्था समितिमा सहमति नजुटेपछि बहुमतबाट निर्णय गर्दा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नमानेका कारण संसदको पूर्ण बैठकमा ७ वर्षे प्रावधानसहितको विधेयक पेश नै हुन नसकेको उनले बताए ।

प्रचण्डले विगतमा ७ वर्षे समयसीमा राख्न नमानेका एमाले अध्यक्ष केपी ओलीले नाकाबन्दीको बेलामा जस्तै भोट आउँछ भनेर वैवाहिक अंगीकृतको मुद्दा उचालेको समेत आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !