१९ जेष्ठ २०८१, शनिबार

प्रचण्डको कांग्रेसलाई चेतावनी : भाउ खोजे एमालेसँग तालमेल गर्छौं


प्रचण्डको चेतावनी

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुन सक्ने चेतावनी दिएका छन् ।

पार्टीको वाग्मती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले कांग्रेसले संघ र प्रदेशको चुनावी तालमेलका क्रममा निहुँ खोजे एमालेसँग तालमेल गरेर अघि बढ्न सकिने भन्दै चेतावनी दिएका हुन् ।

प्रचण्डले काँग्रेसले तालमेलमा सीट संख्या मिलाउने सवालमा कन्जुसाइ गरे आसन्न निर्वाचनमा बाममोर्चा एक भएर जान सकिने विकल्प पनि अघि सारेका हुन् । उनले अफ्ठेरो पार्न खोजे वामहरुको मोर्चा बनाएर अघि बढ्न सकिने भनेर कांग्रेसलाई धम्क्याएका हुन् ।

प्रचण्डले आगामी प्रदेश र संघको चुनावमा नेपाली काँग्रेसले तालमेल गर्न नचाहेमा वामपन्थी दलहरुबीच मोर्चाबन्दी गरिने स्पष्ट पारेका हुन् । यद्यपि उनले आफूहरुको पहिलो प्राथमिकता काँग्रेससहित गठबन्धन बनाएर जानेमा जोड रहेको प्रष्ट पारे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !