२१ बैशाख २०८१, शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, ओलीको प्रतिवदेनमाथि समूहगत छलफल हुने


एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । हिजो शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको हो ।

आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिवदेनमाथि छलफल गर्न बनाइएको ९ वटा समूहको समूहगत छलफल गर्न जारी रहने भएको हो । सातवटा प्रदेश र जनसंगठन तथा प्रवासका अलग–अलग समूहले प्रतिवेदनमाथि छलफल गर्ने र सुझाव पेस गर्नेछन् ।

छलफलपछि समूहका टोली नेताले प्रतिवेदनमा सुझाव पेस गर्नेछन् । आजको बैठकले हिजो अध्यक्ष ओलीले प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गर्नेछ ।

अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु