२० बैशाख २०८१, बिहिबार

राष्ट्रपतिद्वारा आफ्नो सुरक्षार्थ खटिएका पूर्व र वर्तमान सुरक्षा अधिकारीसंग छलफल


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्नो सुरक्षार्थ खटिएका पूर्व र वर्तमान सुरक्षा अधिकारीसंग छलफल गरेकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवास बोलाएर आफ्नो सुरक्षार्थ खटिएका पूर्व र वर्तमान सुरक्षा अधिकारीसंग छलफल गरेकी हुन् ।

यसअघि राष्ट्रपति भण्डारीले अवकाशप्राप्त प्रधानसेनापति तथा जर्नेलहरूलाई छलफलको लागि बोलाएको भनिएतापनि आफ्नो सुरक्षार्थ खटिएका पूर्व र वर्तमान सुरक्षा अधिकारीसंग छलफल गरेकी हुन् । नेपाली सेनाको परमाधिपति समेत रहने राष्ट्रपतिको सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्दै आएको छ ।

राष्ट्रपति भण्डारीले पुनर्विचारको लागि संसदमा फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै प्रतिनिधिसभाबाट पारित भएको छ । आफूले दिएको सुझाव नसमेटी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकका बारेमा छलफललाई निरन्तरता दिएकी हुन् ।

प्रतिनिधिसभाबाट गत भदौ २ गते नागरिकता विधेयक, २०७९ बहुमतले पारित गरेको भोलिपल्टदेखि राष्ट्रपतिले कानुनविद्लाई बोलाएर छलफल गरिरहेकी छन् । यसरी नागरिकता विधेयकको विषयलाई लिएर देउवा सरकार र राष्ट्रपति भण्डारीबीच शीतयुद्ध जस्तै नै चर्किएको छ ।

आफ्नो सुझावलाई लत्याएर सरकारले जस्ताको तस्तै प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित भएपछि सरकार र राष्ट्रप्रमुखबीच टकराव सिर्जना भएको हो । राष्ट्रपति भण्डारीले जस्ताको त्यस्तै पारित भएर पुन: प्रमाणीकरणको लागि नागरिकता विधेयक शितलनिवास गएमा आफ्नो अपमान भएको महसुस ठान्ने निश्चित छ ।

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पुन: पारित भएसंगै देशको राजनीतिक अवस्था जटिल परिस्थितितिर कतै मोडिने त होइन भनेर राजनीतिक विश्लेषकहरुले चिन्ता र चासो प्रकट गरिरहेका छन् । यहाँसम्म कि राष्ट्रपति भण्डारीको राजीनामा आउनसक्ने हल्लाले सत्ता गठबन्धनमा हलचल नै पैदा समेत भएको स्रोतले बताएको छ ।

प्रतिनिधिसभाबाट पुन: बहुमतले नागरिकता विधेयक पारित भएसंगै आसन्न निर्वाचनको पूर्वसन्ध्यामा देशको राजनीतिक अवस्थामा उथलपुथल त हुने होइन भन्ने जस्ता संकेतहरू देखिन थालेका छन् । राष्ट्रपतिबाट कुनै अप्रिय कदम चालिनसक्ने त्रासले गठबन्धनमा कम्पन सिर्जना भएको छ ।

राष्ट्रियसभाबाट पनि नागरिकता विधेयक जस्ताको तस्तै पारित भएको खण्डमा उक्त विधेयक प्रमाणीकरण गर्नुपर्ने राष्ट्रपतिलाई नैतिक दवाव सिर्जना हुने प्रष्ट देखिन्छ । यदि राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेमा उनी इतिहासको कालखण्डमा नकारात्मक ढंगले आफूलाई चित्रण हुने उनमा हेक्का छ ।

तर उक्त विधेयक प्रमाणीकरण नगरी राजीनामा दिएको खण्डमा आम राष्ट्रवादी नेपाली नागरिकमा उनको साख उच्च हुने राजनीतिक विश्लेषकहरूको बुझाई रहेको छ । यसका साथै भण्डारी नेकपा एमालेको तर्फबाट राष्ट्रपति बनेकोले राजीनामा दिएका आसन्न निर्वाचनमा यसको राजनीतिक फाइदा एमालेको पोल्टामा पर्ने निश्चित छ ।

राष्ट्रियसभाबाट पनि पुन:नागरिकता विधेयक पारित भएर आएमा राष्ट्रपति भण्डारीको सामुन्ने दुईवटा मात्र विकल्प रहेको छ : विधेयकलाई प्रमाणीकरण गर्ने कि पदबाट राजीनामा दिने । यदि सिधा सरल बाटो अपनाएर प्रमाणीकरण गरेपनि केही महिना मात्र कार्यकाल रहेकी राष्ट्रपति नागरिकको नजरमा कलंकित हुन नचाहेर बरु बक्र जटिल बाटो रोजेरै जोखिम मोलेर राजीनामा दिनसक्ने पनि राजनीतिक विश्लेषकहरु बताउँछन् ।

यसरी राष्ट्रपतिले आफ्नो सुरक्षार्थ खटिएका पूर्व र वर्तमान सुरक्षा अधिकारीसंग छलफल गरेर धन्यवाद दिएको शीतलनिवास विशेष स्रोतले बताएको छ । यसरी राष्ट्रपति भण्डारीले आफ्नो सुरक्षार्थ खटिएका पूर्व र वर्तमान सुरक्षा अधिकारीसंग छलफल गरेर धन्यवाद दिएसंगै उनी राजीनामा दिने मोडमा भएको विश्लेषण गर्न सकिन्छ ।

प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । एमालेका अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न आज बिहान बालुवाटार पुगेका थिए । देउवा र ओलीको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्राय:जसो बालुवाटार नजाने ओली देउवालाई भेट्न आखिर किन गए ? भनेर राजनीतिक वृत्तमा चासो बढेको छ । सरकारसँग लगभग संवाद नगरी निर्वाचनमा होमिन लागेका ओली अचानक बालुवाटार पुगेका हुन् । देउवा र ओलीको आजको भेटको बारेमा बाहिर जस्तोसुकै समाचारहरु सार्वजनिक भएपनि खास भएको कुराको चुरो अर्कै हुनेसक्ने समेत विश्लेषण गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !