१५ जेष्ठ २०८१, मंगलबार

यी हुन् मन्त्रिपरिषद्को बैठकले गरेका १६ निर्णयहरु


मन्त्रिपरिषद्को बैठक

काठमाडौं । हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १६ निर्णयहरु सार्वजनिक गरिएको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा हिजोको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले चालू आवको लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत २०४ जना राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी थप गरेको छ ।यस्तै शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने आयोजनाहरूमा राजपत्रांकित श्रेणीका ३८० अस्थायी दरबन्दी पनि थप गरिएको छ ।

विमानस्थलमा ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने निर्णय खारेज गर्ने पनि निर्णय गरेको छ । बैठकले पूर्व मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ ।

हिजोकै बैठकले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलबभत्ता र पारिश्रमिक पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सिफारिस गर्न पूर्वमुख्यसचिव लिलामणि पौड्यालको उच्चस्तरीय तलव सुविधा आयोग पनि गठन गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्को बैठकले गरेका १६ निर्णयहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !