११ जेष्ठ २०८१, शुक्रबार

सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक आज पनि बस्दै


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे छलफल हुने भएको हो ।

हिजो सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्न लागेको हो । हिजोको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।

गठबन्धन दलबीच आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भएपनि अझै टुंगोमा लाग्न सकेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !