८ मंसिर २०८१, शनिबार

गिरिको निधनबाट मुलुकले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायो : राष्ट्रपति भण्डारी


विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनबाट देशले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै राष्ट्रपति भण्डारीले समाजवादी चिन्तक एवं कांग्रेसका नेता गिरिको निधनको खबरले आफूलाई अत्यन्त दुखी बनाएको बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले दिवंगत गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारमा गहिरो समवेदना समेत प्रकट गरेकी छन् ।

उनले लेखेकी छन्, ‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं। म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

घाँटीको क्यान्सरबाट पीडित नेता गिरीको गएराति ९ः३० बजे ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा ७४ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !