२२ बैशाख २०८१, शनिबार

एमाले अध्यक्ष ओली भन्छन्- यो देशद्रोही गठबन्धन हो


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारूढ गठबन्धन देशद्रोही गठबन्धन भएको टिप्पणी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन देशद्रोही गठबन्धन भएको आरोप लगाउँदै एमालेविरुद्ध अनेकथरी तत्व जोडिएको पनि लगाए ।

ओलीले वर्तमान गठबन्धनले तर्क नभई बलको आधारमा घमण्ड गरेको जिकिर गरे । यस्तो सरकार हुनु देशका लागि दुर्भाग्य भएको उनको तर्क छ ।

ओलीले नेपाली कांग्रेस प्रचण्डको कार्यकर्ता भएको टिप्पणी गर्दै कांग्रेस र माओवादी केन्द्रसँग विचार नै नभएको आरोप समेत लगाएका छन् ।

उनले माओवादी पार्टी प्रचण्ड एण्ड कम्पनी रहेको आरोप लगाए । उनले माओवादीले पार्टीको रुपनै नलिएको पनि बताए । ओलीले माओवादीसँग त्रसित हुनुपर्ने कुनै कारण नरहेको पनि प्रष्ट पारे ।

अध्यक्ष ओली यो देशद्रोही गठबन्धनले नेपाली जनतालाई ढाँट्ट्छने र छल्ने गरेको भन्दै एमसिसीलाई पत्र लेख्दा पनि नलेखेकोभनेर पन्छिन खोजेको स्मरण गरे । उनले गठबन्धनका नेताहरूलाई लाजसरम नभएको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !