१३ बैशाख २०८१, बिहिबार

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै


कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक आज सोमबार साउन ३० गते र भोलि मंगलबार साउन ३१ गते बस्नेछ । राप्रपा नेपालका अध्यक्ष कमल थापा हिजो आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा थापालाई राप्रपा नेपालका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !