४ जेष्ठ २०८१, शुक्रबार

नेम्वाङको स्पष्टोक्ति : विचार नमिल्ने दलसँग गठबन्धन हुदैन


केपी शर्मा ओली

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विचार नमिल्ने राजनीतिक दलसँग आसन्न निर्वाचनमा गठबन्धन नहुने स्पष्ट पारेका छन् ।

पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा उनले आगामी मङ्सिर ४ गते प्रदेश र सङ्घीय निर्वाचनमा विचार नमिल्ने दल वा समूहसँग एमालेले गठबन्धन या तालमेल नगर्ने पनि बताएका हुन् ।

एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारूढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेको भए पनि त्यसका लागि गृहकार्य र वार्ता सुरु नभएको उनको भनाइ थियो । उनले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका छन् ।

उपनेता नेम्वाङ्ले वर्तमान सरकारका कमीकमजोरी र विगतमा एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामहरुलाई एजेन्डा बनाएर एमाले चुनावमा जाने बताए ।

त्यसैगरी सो कार्यक्रममा एमालेका अर्का नेता योगेश भट्टराईले देशको आर्थिक स्थिति कमजोर बन्दै गएको भन्दै यसप्रति सरकारले ध्यान दिनुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !