१९ बैशाख २०८१, बुधबार

आगामी निर्वाचनका लागि आयोगमा १०औं पार्टीका रुपमा एमाले दर्ता


एमाले दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी निर्वाचनका लागि आज दल दर्ता गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि एमालेले आज निर्वाचन आयोगमा दल दर्ता गराएको हो ।

दल दर्ताका लागि पार्टीका शीर्ष नेताहरूसहितको टोली दिउँसो निर्वाचन आयोग पुगेर दल दर्ता गराएको हो । दल दर्ताका लागि पार्टीका उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र सचिवहरू सहितको टोली आयोग कार्यालय पुगेका थिए ।

निर्वाचन आयोगका अनुसार आज मंगलबार अपराह्न १२ बजेसम्म १० दल दर्ता भएका छन् । एमालेले आयोगमा १० औं पार्टीका रुपमा दल दर्ता गरेको हो । यसअघि सिके राउत नेतृत्वको जनमत पार्टीले पहिलो दलका रूपमा दर्ता भएको थियो ।

यस्तै हालसम्म जनमत पार्टीसहित मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी र राष्ट्रिय नागरिक पार्टी दर्ता पनि भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !