१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


संसद बैठक

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित संसद भवनमा आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको पहिलो कार्यसूचीमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने रहेको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ संसदमा पेस गर्ने सम्भावित कार्यक्रमको दोस्रो कार्यसूचीमा रहेको छ ।

सम्भावित कार्यक्रमको तेस्रो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन, २०७९ पेस गर्ने रहेको छ ।

साथै सम्भावित कार्यक्रमको चौथो कार्यसूची प्रतिनिधि सभाको आजकै बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगबारे पनि छलफल हुने भएको छ ।

संसद सचिवालयका अनुसार २०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङ्गले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने आजको सम्भावित कार्यक्रमको चौथो कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तो छ हेर्नुहोस् आजको संसद बैठकको सम्भावित कार्यसूची

सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !