७ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगे जापान


प्रचण्ड पुगे जापान

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन् । केही समयअघि उनी अध्यक्ष प्रचण्ड जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

टोकियोस्थित उक्त विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदीले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका छन् । यसका साथै जापान टोकियोस्थित नारिता विमानस्थलमा प्रचण्डलाई जनप्रगतिशील मञ्च, जापानका पदाधिकारीसहित प्रवासी नेपालीले भव्य स्वागत गरेका छन् ।

प्रचण्ड २०७९ साउन २१ गतेदेखि २५ गतेसम्म जापान भ्रमणमा रहने उनको सचिवालयले जनाएको छ । नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा उनी जापानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने पनि उनको सचिवालयले बताएको छ ।

केही दिनअघि दक्षिणको मित्रराष्ट्र भारतको भ्रमण गरेका अध्यक्ष प्रचण्ड आज जापान पुगेका हुन् । हिजो बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकमा समेत उनलाई गठबन्धनका अन्य नेताहरुको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेका थिए ।

प्रचण्ड जापानमा प्रचण्ड जापानमा प्रचण्ड जापानमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !