१२ आश्विन २०८१, शनिबार

मंसिर ४ गते निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय


मन्त्रिपरिषद्को बैठक

काठमाडौं । आगामी मंसिर ४ गते निर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । आज दिउँसो सिंहदरबारमा बसेको नियमित मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

पाँच दलीय सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू बुधबार मंसिर ४ गते निर्वाचन गर्न सहमत भएका थिए । आज मन्त्रिपरिषद्को बैठक बस्नुअघि बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो ।

यसअघि निर्वाचन आयोगले सरकारलाई आगामी मंसिर २ गते एकै चरणमा निर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको थियो । आयोगले मंसिर २ गते निर्वाचन गर्न प्रस्ताव गरेतापनि मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते निर्वाचन गर्ने गर्ने निर्णय गरेको हो ।

निर्वाचन तयारीका लागि आफुहरुलाई कम्तीमा १२० दिन आवश्यक पर्ने भन्दै आयोगले गत असार २२ गते नै प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर मंसिर २ गते निर्वाचनको मिति प्रस्ताव गरेको थियो । सरकारले घोषणा गरेको चुनाव आउन अब १०९ दिन मात्रै बाँकी छ ।

यो पनि पढ्नुहोस्

मंसिर ४ गते निर्वाचन गर्ने सत्ता गठबन्धनका दल सहमत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !