१३ बैशाख २०८१, बिहिबार

मंसिर ४ गते निर्वाचन गर्ने सत्ता गठबन्धनका दल सहमत


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । आगामी मंसिर ४ गते निर्वाचन गर्ने सत्ता गठबन्धनका दल सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सहमत भएका हुन् ।

उक्त सहमतिलाई कार्यन्वयन गर्न भोलि बस्ने मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते निर्वाचन गर्ने औपचारिक निर्णय गर्नेछ । निर्वाचन आयोगले मंसिर २ गते निर्वाचन गर्न परामर्श दिएतापनि प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर ४ गते निर्वाचन गर्ने गर्ने तयारीमा रहेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !