१५ बैशाख २०८१, शनिबार

अर्थमन्त्री जनार्दन शर्माले लिए शपथ


जनार्दन शर्माले शपथ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शपथ लिएका छन् । आज आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहका वीच राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आजै दिउँसो अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा जेठ १४ गते राती अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गर्न दिएर करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए । उनीमाथि छानबिन गर्न संसदीय विशेष छानबिन समिति बनेको थियो ।

छानबिन समितिले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री देउवाले उनलाई पुन: अर्थ मन्त्रीको रुपमा जिम्मेवारी दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !