१४ बैशाख २०८१, शुक्रबार

परराष्ट्र सम्बन्धमा ब्यक्ति र दल होइन देशलाई केन्द्रमा राखेर बढौं : महामन्त्री शर्मा


विश्वप्रकाश शर्मा फाइल फोटो

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले परराष्ट्र सम्बन्धमा ब्यक्ति र दल होइन देशलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले `एसपीपीमा सहभागी नहुने´ पत्र सरकारले अमेरिकालाई पठाएपछि यो `च्याप्टर क्लोज´ भएतापनि भविष्यमा यस्तो द्वन्द्वमा नेपाल कहिल्यै नपर्न आग्रहमुक्त र परिपक्व दृष्टि निर्माण एवं परिपालनामा हामी सबै गम्भीर बन्नुपर्ने औल्याएका छन् ।

उनले सरकारले पहिला गल्ती गर्ने अनि पछि आत्मालोचना गर्ने परिपाटी रहिआएकोमा फेरि गल्ती दोहोर्याउनु नहुने भनेर सचेत गराएका छन् । नेपालको समुन्नतिका लागि यो परम्परागत बेथिति हरेक क्षेत्रमा अन्त्य गर्न अनिवार्य भएको उनले स्पष्ट पारेका छन् । भु-राजनैतिक संवेदनशीलता अनिवार्य रुपमा दृष्टिगत गरेर परराष्ट्र सम्बन्धमा कायम गर्नुपर्ने उनको धारणा रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !