१९ बैशाख २०८१, बुधबार

‘वामपन्थी आन्दोलन बलियो बनाउन सबैलाई समेटौँ’


शङ्कर पोखरेल फाइल फोटो

भरतपुर । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनपछि एमाले नेपालको प्रमुख राजनीतिक शक्तिका रुपमा स्थापित भइसकेको जिकिर गरेका छन् ।

एमाले चितवन जिल्ला कमिटीद्वारा आज भरतपुरमा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी सङ्घ र प्रदेशको निर्वाचनमा झन सशक्त बन्ने दाबी गरे । उनले वामपन्थी आन्दोलनलाई बलियो बनाउन विभिन्न पार्टीमा रहेकालाई एमालेमा गोलबन्द हुन आह्वान गरे ।

पार्टीले देशव्यापीरुपमा सङ्घ र प्रदेशको निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न थालेको उल्लेख गर्दै गाँउगाँउमा अभियान सञ्चालन गर्न कार्यकर्तालाई निर्देशन दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !