२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवाद्वारा भारतीय नवनिर्वाचित राष्ट्रपतिलाई बधाई


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मित्रराष्ट्र गणतन्त्र भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा द्रौपदी मुर्मूलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले हिजो एक ट्विट गर्दै नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !